USAID

साउनको पहिलो सोमबार, शिवालयहरुमा भक्तजनको भीड(फोटोफिचर)


काठमाडौं । आज पहिलो साउने सोमबार । कोरोनाभाइरसको महामारीबीच पनि शिवालयहरुमा भक्तजनहरुको भीड उल्लेख्य रहेको छ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ ।

भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान् शिवका हजार नाममध्ये एक हो । भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

फोटोः तिलकराज ओझा, टेकराज पोखरेल र युवराज पाण्डे/रासस


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *