पार्टी एकताका लागि धैर्यता नगुमाऔंः गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीलाई एकतावद्ध बनाउन आफूहरु निरन्तर प्रयत्न गरिरहेको बताएका छन् । सोमबार सामाजिक संजालमार्फत विष्टले अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि हाम्रो प्रयत्न कायमै रहने बताएका हुन् ।

पार्टी पंक्तिले एकता चाहेको भन्दै विष्टले यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाउन आग्रह गरेका छन् ।

उनले भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने आफूहरुको दृढ प्रयत्नले अवश्य पनि सफलता पाइछोड्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *