मैत्रीपूर्ण खेलमा नेपोलीको एक दर्जन गोल

प्रज्जवल थापा । नयाँ सिजनको तयारीको लागि भएको मैत्रीपूर्ण खेलमा इटालियन क्लब नेपोलीले फराकिलो जित निकालेको छ । आइतबार बेलुकी भएको मैत्रीपूर्ण खेलमा नेपोलीले अनाउनियामाथि १२–० गोलको फराकिलो जित निकालेको हो ।

नेपोलीलाई जित दिलाउन भिक्टर ओसिम्हेनले चार गोल गर्दा एल्जिफ एल्मास, कोन्स्टाटिनोस मानोलास, स्टानिस्लाव लोबोट्का, जेनारो टुटिनो, लुका पल्मिएरो, एमाटो सिसिरेट्टी, जिनेदिन माचाच र एन्ड्रिया पेटाग्नाले एक÷एक गोल गरे । अर्को खेलमा टोरिनोले मेरानोलाई ११–० गोलले पराजित गर्यो ।

आइतबार रातिनै भएको खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडले डर्बी काउन्टीलाई २–१ गोलले पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउन टाहिथ चोङ र फाकाउन्डो पेल्लिस्ट्रीले एक/एक गोल गरे । डर्बीको लागि कोलिन काजिम रिचार्ड्सले गरेको गोल सान्त्वनामा सिमित रह्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *