पाकिस्तानमाथि इंग्ल्यान्डको जित

प्रज्जवल थापा
काठमाडौं। दोस्रो टी-२० अन्तराष्ट्रिय खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई पराजित गरेको छ । आइतबार बेलुकी भएको खेलमा पाकिस्तानलाई ४५ रनले पराजित गर्दै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको हो ।

जितको लागि २ सय १ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५५ रन मात्र बनाउदा पराजित हुन बाध्य भायो । पाकिस्तानका दुई ओपनरले पहिलो विकेटको लागि अर्धशतकिय साझेदारी दिलाएपनि उक्त लयलाई निरन्तरता दिन सकेन ।

ओपनर मोहम्मद रिज्वानले २९ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३७ रन जोडे । अर्का ओपनर बाबर अजामले १६ बलमा ३ चौकाको सहयोगमा २२ रन जोडे । यस्तै शादद खानले ३६, इमाद वासिनले २०, सोहाइब माक्सोदले १५ र मोहम्मद हाफिजले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

इंग्ल्यान्डको लागि साकिब मोहमदले ४ ओभर बलिङ गर्दै ३३ रन दिएर ३ विकेट लिए । मोइन अलीले ४ ओभरमा ३२ रन दिएर २ विकेट लिए । अदिल रसिदलेपनि ४ ओभरमा ३० रन दिएर २ विकेट लिँदा टोम कुरान र माथेउ पार्किन्सनले समान १र१ विकेट लिए ।

यसअघि लिड्समा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको इंग्ल्यान्डले १९।५ ओभरमा अलआउट हुँदै २ सय रन जोडेको थियो । इंग्ल्यान्डको लागि जोस बट्लरले अर्धशतक पूरा गर्दा मोइन अली र लिएम लिभिङस्टोनले बलियो साथ दिए । बट्लरले ३९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५९ रन जोडे ।

पछिल्लो खेलमा शतक पूरा गरेका लिभिङस्टोनले २३ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ३८ रन जोडे । यस्तै मोइन अलीले १६ बलमा ६ चौका र १ छक्काको मद्दतमा ३६ रन जोड्दा अन्य ब्याट्सम्यानले गतिलो स्कोर बनाउन सकेनन् ।

पाकिस्तानको लागि मोहम्मद हास्नाइनले ४ ओभरमा ५१ रन दिएर ३ विकेट लिए । इमाद वासिनले ४ ओभरमा ३७ रन दिएर २ विकेट लिए । यस्तै हारिस राफलेपननि ४ ओभरमा ४८ रन दिएर २ विकेट लिँदा शाहेन अफ्रिदी र शादद खानले समान १र१ विकेट लिए । जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १(१ को बराबरी गरेको छ ।

अब दुई टोलीबिचको तेस्रो तथा अन्तिम टी(२० मंगलबार हुनेछ । यसअघि सम्पन्न ३ खेलको एकदिवसीय सिरिजमा इंग्ल्यान्डले क्लिन स्विप गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *