USAID

यो लोकतन्त्र र संविधानको जित होः माधव नेपाल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीमा शेरबहादुर देउवाको जितले निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधि सभामा विश्वासको मत दिएर बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले यो लोकतन्त्रको जित भएको बताएका हुन् ।

उनले भने,‘सबै बधाईको पात्र हुनुहुन्छ । निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ । लोकतन्त्र र संविधानको जित हो ।’ आइतबार राति भएको मत विभाजनमा प्रधानमन्त्री देउवालाई नेपाल पक्षका साथै केपी ओली पक्षका सांसदले पनि मत दिएका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *