प्रचण्डको प्रश्नः गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको बताएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ ? भन्दै प्रश्न गरेका हुन् ।

उनले दुई तिहाइको प्रधानमन्त्रीले पटक–पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको बताए । देउवाको समर्थन गर्दै प्रचण्डले प्रधानमन्त्री नियुक्ति प्रक्रियाभित्र केही अस्वाभाविक परिघटना भएको उल्लेख गरे । उनले भने,‘को भित्र लोकतान्त्रिक चरित्र छ, कोसँग भिन्न परिस्थिति सामना गर्न सक्ने आँट छ भन्ने परिदृश्य त्यसले प्रस्ट भएको छ।’

संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालत भनेर हामी सबैले लेखेको भन्दै अहिले अदालतलाई गाली नगर्न आग्रह गरे । अदालतले अन्ततः संविधानको मर्म र भावनाअनुरूप संसद् पुनःस्थापना गरेको भन्दै उनले संविधानमा लेखिएबमोजिम काम हुँदा लोकतन्त्र मिचियो भनेर कराउनुको अर्थ नहुने प्रस्ट पारे । प्रचण्डले निवर्तमान प्रधानमन्त्री सत्ता हस्तान्तरण प्रक्रियामा सहभागी नहुनु पनि आश्चर्यजनक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *