USAID

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन कांग्रेस संसदीय दलको आग्रह


काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेको छ । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय भएको सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

त्यस्तै बैठकले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेको छ । संविधान कार्यान्वयन, रक्षा र मूल्यमान्यताका लागि खेलेको भूमिकाप्रति सर्वोच्च अदालत, आमनागरिक, नागरिक समाज, बुद्धिजीवी लगायत सबैलाई धन्यवाद दिने निर्णय पनि बैठकले गरेको छ ।

सर्वोच्च अदालको असार २८ गतेको फैसलापछि प्रतिनिधिसभा पुनःस्थापना भएको हो । अदालतकै परमादेशबमोजिम कांग्रेस सभापति देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले संवैधानिक प्रावधानअनुसार आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *