कोरोनाको तेस्रो लहरको पूर्व तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरको पूर्व तयारीमा जुट्न निर्देशन दिएका छन् । आइतबार स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर प्रधानमन्त्रीले तेस्रो लहरको पूर्वतयारीमा जुट्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउनसमेत निर्देशन दिएका छन् । सीमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्ध गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *