राष्ट्रिय प्रसारण लाइनमा सिँगटी जलविद्युत्

काठमाडौं। निर्माण सम्पन्न भएको करिब १८ महिनापछि दोलखाको सिँगटी खोलाबाट निकालिएको २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सिँगटी–लामोसाँघु प्रसारण लाइन तयार भएपछि आयोजनाले विद्युत् उत्पादन थालेको हो ।

सिँगटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको यो आयोजनाले हाल परीक्षण उत्पादन गरिरहेको छ । निर्माण थालिएको करिब १२ वर्षमा पनि ४२ किलोमिटर लामो सो प्रसारण लाइन तयार नहुँदा निर्माण सम्पन्न भइसकेको सिँगटी हाइड्रोले बिजुली उत्पादन गर्न सकेको थिएन । बिजुली उत्पादन गर्न नपाउँदा बिजुली बिक्री गरेर प्राप्त हुने आम्दानी गुम्यो भने ऋणको ब्याजले आयोजनाको लागत बढ्यो ।

२०७६ माघमा आयोजना सन्पन्न हुँदा यो आयोजनाको लागत प्रतिमेगावाट २२ करोड रुपियाँ थियो तर व्यावसायिक उत्पादनको मिति डेढ वर्ष धकेलिँदा लागत प्रतिमेगावाट २४ करोड रुपियाँभन्दा बढी पुगेको जानकारी कार्कीले दिए।
जलप्रवाहमा आधारित यो आयोजनाबाट वर्षात्मा २५ मेगावाट र सुक्खायाममा करिब नौ मेगावाट विद्युत् उत्पादन हुन्छ । आयोजनामा ३० प्रतिशत स्वामित्व सर्वसाधारणको छ ।

सरकारले सुपर सिक्स आयोजनाका रूपमा प्रस्तुत गरेको यो आयोजना निजी क्षेत्रले बोलकबोलमार्पफत पाएको थियो । आयोजना तीन वर्षमा निर्माण सम्पन्न भएको थियो । दोलखाको सिँगटी बजारबाट तीन सय मिटरको दूरीमा रहेको यो आयोजना कालिञ्चोक र बिगु गाउँपालिकाको बीचमा पर्छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *