कांग्रेस संसदीय दलको बैठक आज २ बजे बस्दै

काठमाडौं, साउन ३ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदीय दलको बैठक बोलाएका छन् । आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठक बोलाईएको हो ।

आज बस्ने बैठकमा अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकलगायत अन्य समसमायिक राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *