झापामा ट्याक्टर र टेम्पो ठोकिँदा दुई जनाको मृत्यु

झापा । झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी शुक्रबार दुई जनाले ज्यान गुमाएका छन् । भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे१त २८२१ नम्बरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह ६४१ नम्बरको टेम्पो ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

दुर्घटनामा परी भद्रपुर नगरपालिका–१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र करीब ४० वर्षीय डम्बरबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । छविमायाको घटनास्थलमा र डम्बरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *