रूपाको मुद्दामा निष्पक्ष अनुसन्धानको आदेश

काठमाडौं। सर्वोच्च अदालतले जातका आधारमा छुवाछुत गरेको विषयमा जाहेरीमा निश्पक्ष, प्रभावकारी अनुसन्धान गर्न बिहिबार अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशहरू प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासले निर्वतमान शिक्षा मन्त्री गोपालकृष्ण श्रेष्ठले घरबेटी श्रेष्ठलाई हिरासतबाट छुटाएकाले जाहेरी दर्ता गरी प्रहरीलाई निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आदेश गरेको हो।

आफूमाथि जातीय छुवाछुत गरेको भन्दै सञ्चारकर्मी रूपा सुनारले शिक्षा, विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, आफूले दलित भएकै कारण कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधानविरुद्ध सर्वोच्च अदालतमा असार २० मा सर्वोच्चमा मुद्दा दर्ता गरेकी थिइन् । सुनारले जिल्ला सरकारी वकिलको कार्यालय, प्रहरीलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेकी थिइन्।

रिट निवेदक सुनारको आवश्यक सुरक्षाको व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानवअधिकार आयोगलाई आदेश गरेको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *