आज कहाँ–कहाँ बर्षा?

काठमाडौं, असार ३० । मनसुनी वायुको प्रभावका कारण पछिल्लो समय देशभर वर्षा भइरहेको छ । आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 विभागका अनुसार आज देशभरको मौसममा सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावनासमेत रहेको विभागले उल्लेख गरेको छ ।

यस्तै, रातिसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *