थाइल्यान्डले सिनोभ्याक र अष्ट्राजेनेकाको मिश्रित खोप दिने

काठमाडौं । थाइल्यान्डले चीनको सिनोभ्याक कम्पनीले उत्पादन गरेको खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज दिँदा अष्ट्राजेनेकाको खोप दिने निर्णय गरेको छ। रोगविरुद्ध लड्न सक्ने क्षमता बढाउन यी दुवै कम्पनीको खोप दिन लागिएको थाइल्यान्डले सोमबार जनाएको छ।

यो योजना कार्यान्वयन भएमा पश्चिमी मुलुक र चीनमा बनेका फरक खोप एकैजनालाई दिने पहिलो राष्ट्र थाइल्यान्ड बन्ने भएको छ। ‘यो निर्णयले डेल्टा भेरियन्टविरुद्ध लड्न सक्ने क्षमता बढाउने तथा रोगविरुद्धको प्रतिरक्षा प्रणाली सशक्त पार्न सहयोग गर्नेछ,’ थाइल्यान्डका स्वास्थ्य मन्त्री अनुटिन छर्नभिराकुलले पत्रकारलाई भने।

थाइल्यान्ड र उसको छिमेकी इन्डोनेसियामा सिनोभ्याक खोप लगाएका स्वास्थ्यकर्मीमा भाइरसको पुनः संक्रमण देखिएको छ। गत फेब्रुअरीमा थाइल्यान्डका स्वास्थ्यकर्मीलाई सिनोभ्याक खोप दिइएको थियो। अष्ट्राजेनेकाको खोप जुनदेखि मात्र उपलब्ध भएको थियो।

थाइल्यान्डका कुल ६ लाख ७७ हजार ३४८ लाई सिनोभ्याकका दुवै डोज खोप दिइएकोमा ६१८ स्वास्थ्यकर्मीमा पुनः संक्रमण देखिएको थियो। पुनः संक्रमणका कारण एक नर्सको मृत्यु भएको छ भने अर्का एक स्वास्थकर्मीको अवस्था गम्भीर छ। सिनोभ्याकका दुवै डोज लगाएका स्वास्थ्यकर्मीलाई थप बुष्टर सट खोप दिने तयारी थाइल्यान्डको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *