‘१० दिनको पर्यटन काज’ तयारीमा ढिलाइ

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिलो र दोस्रो लहरले अधिक थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सकारात्मक मानिएको ‘१० दिनको पर्यटन काज’ कार्यान्वयनमा ढिलाइ हुने देखिएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न निजामती सेवा, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीहरूलाई १० दिनको पर्यटन काज उपलब्ध गराउने व्यवस्था बजेट वक्तव्यमा गरिए पनि त्यसको कार्यान्वयनका लागि अहिलेसम्म कार्यविधि तयार भएको छैन ।

पर्यटन काज कार्यविधि असार मसान्त नजिकिदाँसम्म तयार नभएपछि साउन अर्थात् आगामी आर्थिक वर्षको शुरुआतदेखि नै यस्तो काज लिएर कर्मचारीहरू जान नमिल्ने देखिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काज लागू गराउने गरी र्कायविधि तयार गर्नुपर्छ र त्यसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै कार्यान्वयनमा यो काज उपलब्ध गराउन मिल्छ । तर, अहिले मन्त्रालयले बनाउने पर्यटन काज कार्यविधि प्रारम्भिक चरणमै रहेको छ । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *