सुरक्षा फौज राखेर थालिएको सोलु करिडोरको काम रोकियो

सोलु । स्थानीयको सम्भावित अवराधबाट सुरक्षित हुँदै सुरक्षा फौज परिचालन गरेर सुरु गरिएको निर्माणाधीन सोलु करिडोरको विद्युत् विस्तारको काम स्थगित भएको छ। एक वर्षयता जग्गा विवादका कारण स्थानीयले अवरोध गरेको काम तीन दिनअघि करिडोर आयोजना कार्यालयले सुरक्षाकर्मी परिचालन गरेर सञ्चालन गरेपछि स्थानीयले कटारी नगरपालिकामा तालाबन्दी गरेका थिए।

असार मसान्तको भुक्तानी चपेटाकै बेला नगरपालिकामा तालाबन्दी भएपछि मेयर ज्ञानेन्द्र श्रेष्ठ र स्थानीय नगरस्तरीय राजनीतिक दलको पहलमा वार्ताद्वारा समधान निकाल्ने भन्दै १२ घण्टापछि ताला खोलिएको थियो। ताला खुले पनि माग सम्बोधन नभए पुनः ताला लगाउने चेतावनी स्थानीयले दिएपछि पेचिलो बनेको समस्या सल्टाउन त्यस क्षेत्रका निवर्तमान सांसद सुरेशकुमार राई ९हिमाल० स्वयं उपस्थित भएर काम रोक्न लगाएका हुन्।

रस्थानीयको सहमतिबेगर काम सञ्चालन गर्दा हुने सम्भावित दुर्घटनाबाट बँच्न काम रोक्न निर्देशन दिएको नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्यसमेत रहेका राईले बताए। प्रदेशमन्त्री कला घले र मेयर श्रेष्ठलगायत जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसँग घटनास्थल पुगेका राईले वार्ताद्वारा समाधान निकाल्ने आश्वासन दिँदै स्थानीयलाई आन्दोलन नगर्न सुझाएका छन्। उनले स्थानीयको चित्त नबुझाएसम्म काम अघि बढाउँदा दुर्घटनाको सम्भावना भएकाले करिडोरको काम हाललाई रोक्न आग्रह गरेको बताएका छन्।

सुरक्षाफौज राखेर काम सुरु गरेपछि विवादित कटारी नगरपालिका–४ मरुवाका स्थानीयले नगरपालिकामा बिहीबार बिहान ताला लगाएका थिए। आपूmहरूको जमिनको मुआब्जा पाउनुपर्ने, एलाइनमेन्ट बदल्नुपर्ने, स्थानीयसँग सहमति लिएर मात्र काम अघि बढाउनुपर्नेमा प्रशासनले सुरक्षाकर्मी लगाएर काम थालेको र विरोध गर्दा हातपातसमेत गर्न पछि नपरेको भन्दै उनीहरूले नगरपालिकामा ताला लगाउनु परेको बताएका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *