काठमाडौं। कोपा अमेरिकाको उपाधिका लागि अहिले जारी खेलमा अर्जेन्टिनाले ब्राजिलको पोस्ट्मा एक गोल गरेको छ । भिडिरहेका छन् । रियो दि जेनेरियोस्थित प्रसिद्ध माराकाना रंगशालामा भईरहेको खेलमा एन्जेल डि मारियोले ब्राजिलविरुद्ध एक गोल गरेका हुन् । उनले खेलको २२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । डी मारियाले डे पाउलको पासमा गोल गरेका हुन् ।
सेमिफाईनलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिना तथा पेरुलाई पाखा लगाउँदै ब्राजिलले फाईनलमा स्थान पक्का गरेका थिए । अर्जेन्टिनाले अहिलेसम्म १४ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । यसपटक उपाधि जितको खण्डमा उसले सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको किर्तीमान बराबरी गर्नेछ ।
विश्वकप फुटबलको सर्वाधिक सफल टोली ब्राजिलले भने अहिलेसम्म ९ पटक मात्रै कोपा अमेरिका जितेको छ । पछिल्ला तीन प्रतियोगितामा लगातार कोपा फाइनल पुगेको ब्राजिल अघिल्ला दुई संस्करणमा चिलिसँग पराजित हुँदै उपाधिविहीन बनेको थियो। ब्राजिलसँग पछिल्लो समय खराब इतिहास बनाएको अर्जेन्टिनाले २ पटक भएको फाइनल भिडन्तमा दुवैपटक पराजित भएको छ।
२००४ मा पहिलो पटक टाइबेकरमा पराजित भएको अर्जेन्टिना २००७ मा ३९० ले पराजित भएको थियो। ११ वर्षपछि ब्राजिल विरुद्ध अर्जेन्टिनालाई बदलाको अवसर रहने छ।