कोरोनाको उच्च जोखिममा बालबालिकामा

काठमाडौं।  बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महìवपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महìवपूर्ण हुने विज्ञको सुझाव छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै कारण भइसकेको छ । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु कोरोनाबाट भएको छ ।

प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै बालबालिका कोरोनाको उच्च जोखिममा रहेका छन् भन्ने प्रस्ट देखाउँछ । शनिबारको मात्र तथ्याङ्क हेर्ने हो भने १० वर्षसम्मका ५२ जना बालबालिका कोरोना सङ्क्रमित भएका छन् भने ११ वर्षदेखि २० वर्षसम्मका १३० जना कोरोना सङ्क्रमित भएका छन् ।

नेपालमा कोरोनाको पहिलो चरणको सङ्क्रमणमा बालबालिका जोगिएका थिए । दोस्रो भेरियन्टमा बालबालिका सङ्क्रमित र मृत्यु हुने सङ्ख्या बढेपछि चिन्ता बढेको छ । बालबालिकालाई कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक अस्पताललाई कुल शøयाको २० प्रतिशत बालबालिकाका लागि छुट्याउन निर्देशन दिइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी पछिल्ला भेरियन्टमा बालबालिका बढी जोखिममा रहेको बताउन्छन् । उनले बालबालिका कोरोनाको उच्च जोखिममा रहेकाले अस्पताललाई २० प्रतिशत शैया बालबालिकाको उपचारका लागि छुट्याउन यसअघि नै निर्देशन दिइसकेको बताए ।

वरिष्ठ बालरोग विशेषज्ञ डा आरपी चौधरीले नेपालमा बालबालिकालाई कोरोनाको जोखिम उच्च रहेको जानकारी दिँदै अहिले पनि देशभर दैनिक सयभन्दा बढी बालबालिका सङ्क्रमणमा परेको बताए । उनले बालबालिकालाई कोरोना सङ्क्रमणबाट जोगाउन अविभावकको महत्वपूर्ण भूमिका रहने भन्दै बाबुआमाले बालबालिकाको स्वास्थ्यबारे ध्यान दिनुपर्ने सुझाव दिए ।

डा चौधरीले पछिल्लो समय बालबालिकामा कोरोना सङ्क्रमणको महामारी बढिरहेको बताएका छन् । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *