जायन्ट पान्डा अब लोपोन्मुख प्रजाति नरहेको चीनको भनाइ

जायन्ट पान्डा अब लोपोन्मुख वर्गीकरणमा नरहेको बताउँदै चिनियाँ अधिकारीहरूले अझै जोखिममा भने रहेको बताएका छन् । जङ्गलमा तिनीहरूको सङ्ख्या १ हजार आठ सय पुगेपछि जायन्ट पान्डालाई लोपोन्मुख प्रजातिबाट जोखिममा रहेको सूचीमा राखिएको हो ।

विज्ञहरूका अनुसार चीन उक्त जनावरलाई वासस्थान बढाउने सहितका लामो प्रयासबाट संरक्षण गर्न सफल भएको हो । चीनले पान्डालाई राष्ट्रिय सम्पत्ति मान्ने गर्छ र आफ्नो कूटनीतिक अस्त्रका रूपमा समेत प्रयोग गर्ने गर्छ ।

पछिल्लो वर्गीकरणले तिनीहरूको सुधारिएको जीवन अवस्था र उनीहरूको वासस्थान एकीकृत राखेको प्रतिबिम्बित हुने जैविक तथा वातावरण मन्त्रालयकी छोइ सुहोङ्गले पत्रकार सम्मेलनमा बताए । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्गठन आईयूसीएनले सन् २०१६ मै उक्त जनावरलाई सङ्कटापन्न सूचीबाट हटाएर जोखिमयुक्त सूचीमा सारेको थियो ।

त्यस बेला चिनियाँ अधिकारीहरूले त्यस्तो निर्णयले संरक्षण प्रयासहरू कमजोर पार्न सकिने भन्ने जसरी गलत बुझ्न सक्ने भन्दै असहमति राखेका थिए । चीनले भने त्यसको पाँच वर्षपछि मात्रै वर्गीकरणमा परिवर्तन गरेको हो । चीनको वातावरण मन्त्रालयले यो साता गरेको घोषणा पहिलोपटक उसको सङ्कटापन्न सूचीमा गरिएको सुधार हो ।

चीनले पनि स्वीट्जरल्यान्डमा रहेको आइयूसीएनकै जस्तो मापदण्डहरू पछ्याइएको छ । विज्ञहरूले त्यस्तो सफलता खास गरी बाँसका जङ्गलहरू सिर्जना गर्ने र बढाउने कामबाट हासिल भएको बताउँछन् ।

बाँसले तिनीहरूको खानपानको ९९ प्रतिशत ओगट्छ । बाँसबिना पान्डाहरू भोकमरीमा पर्न सक्छन् । नियन्त्रित ढङ्गले उनीहरूको सङ्ख्या बढाउन चिडियाखानाहरूले समेत महत्वपूर्ण योगदान पुर्याएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *