काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य गतिविधिमा संलग्न तीन जना पक्राउ परेका छन् ।
भक्तपुरको घ्याम्पे डाँडा जंगलमा गाडी भित्रै अश्लील क्रियाकलाप गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश नंं ३–०१–००२ झ ५०५२ नम्बरको गाडी भित्रै यौनकार्य गर्ने सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरु बुधबार राति ११ बजे रंगेहात फेला परेका हुन् । पक्राउ परेकाहरुमाथी सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।