कोलम्बियालाई तेस्रो स्थान

प्रज्जवल थापा । कोपा अमेरिका फूटबलमा कोलम्बियाले तेस्रो स्थान हात पारेको छ । शनिबार तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३–२ गोलले पराजित गरेको हो ।

ब्रासिलियामा भएको खेलमा कोलम्बियालाई जित दिलाउन लुइस डियाजले दुई गोल गर्दा जुआन कौड्राड्रोले एक गोल गरे । पेरुको लागि योशिमार योटुन र गिअन्लुका लापाडुलाले समान एक÷एक गोल गरे ।

खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा पेरु हार बेहोर्न बाध्य भयो । पहिलो हाफको अन्तिम मिनेटमा क्रिस्टेन कुएभाको पासमा योटुनले गोल गर्दै पेरुलाई खेलमा अगाडि बढाएका थिए ।

४९ औं मिनेटमा जुआन कौड्राडोले गोल गर्दै कोलम्बियालाई बराबरीमा ल्याए । ६६ औं मिनेटमा भार्गसको पासमा डियाजले गोल गर्दै कोलम्बियालाई फेरि खेलमा अगाडि बढाएका थिए । ८२ औं मिनेटमा गार्सियाको पासमा लापाडुलाले गोल गर्दै पेरुलाई २–२ गोलको बराबरीमा ल्याए । तर अतिरिक्त समयको चौथो मिनेटमा मुरियलको पासमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई ३–२ गोलको जित दिलाए । यस्तै भोलि बिहान हुने फाइनल खेलमा ब्राजिल र अर्जेन्टिना भिड्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *