भारतीय रेल प्रयोग गरी तेस्रो मुलुकसँग व्यापार गर्न पाइने

काठमाडौं। नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका रेल सेवाले भारतको कोलकाता र हल्दिया बन्दरगाहसम्मको पहुँच तथा तेस्रो मुलुकसँगको व्यापारमा भारतीय रेल सेवा प्रयोग गर्न पाउने भएको छ।

नेपाल र भारतबीच शुक्रबार भएको रेल सेवा सम्झौताको लेटर अफ एक्सचेन्जमा यो सुविधा थप गरिएको हो। दुवै मुलुकबीच रेल सेवा सम्झौताको संशोधनको लेटर अफ एक्सचेन्ज (आदानप्रदान) शुक्रबार भर्चुअल माध्यमबाट भएको हो।

नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री दिनेश भट्टराई र भारतको तर्फबाट भारतीय रेल मन्त्रालयअन्तर्गतको परिचालन एवं व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहांतीले हस्ताक्षर गरेका छन्।

लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएसँगै सार्वजनिक तथा निजी कन्टेनर सञ्चालक, मोटरगाडी माल रेल सञ्चालक, विशेष मालसामान रेल सञ्चालक वा भारतीय रेल्वेले स्वीकृत गरेका अन्य माल ढुवानी सञ्चालनलगायत सबै अधिकार प्राप्त कार्गो रेल सञ्चालकहरूले मालवाहक समान ओसारपोसार गर्न पाउनेछन् ।

त्यसैगरी तेस्रो मुलुकबाट आएका सामान भारतका बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाउने भारतीय राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *