USAID

पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षमा अधिकारी नियुक्त


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्षमा प्रा श्रीकृष्ण अधिकारीलाई नियुक्त गरेको छ ।

मन्त्रिस्तरको यही असार २२ गतेको निर्णयानुसार नेपाल संस्कृत विश्वविद्यालयमा ज्योतिष विषयमा लामो समय प्राध्यापन गरेका अधिकारीलाई समितिको गठन आदेश २०७७ को दफा ३ अनुसार नियुक्त गरिएको हो । यसैगरी मन्त्रालयको संस्कृति शाखा प्रमुख समितिको पदेन सदस्य रहने व्यवस्था गठन आदेशमा गरिएको छ ।

समितिको सदस्यमा संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई, डा वासुदेव कोइराला, तनुजा दाहाल, ज्योतिष पण्डित पद्मनाभ त्रिपाठी र सदस्य सचिवमा पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेल रहेको मन्त्रालयका संस्कृति महाशाखा प्रमुख लक्ष्मीकुमारी बस्नेतले जानकारी दिइन् । सदस्य सचिव ढुङ्गेललाई समितिको कार्यकारी निर्देशकका रुपमा काम गर्ने गरी जिम्मेवारी दिइएको छ ।

गत वर्ष पुस २० गते मन्त्रिपरिषद्ले पारित गरेको गठन आदेशका आधारमा यो पहिलो समिति गठन गरिएको हो । यसअघि समितिका अध्यक्षका रुपमा मङ्गलराज जोशी, प्रा डा माधव भट्टराई र प्रा डा रामचन्द्र गौतमले काम गरिसकेका छन् ।

तीनै अध्यक्ष नेतृत्वको समितिले मन्त्रालयले दिएको पत्रका आधारमा काम गरेका थिए । समितिका सम्बन्धमा गठन आदेश पारित भएर गठन भएको यो पहिलो समूह हो ।

समितिलाई पञ्चाङ्गको स्वीकृति दिने, चाडपर्वसम्बन्धी निर्णय गर्ने, ज्योतिष, कर्मकाण्ड क्षेत्रलाई व्यवस्थित गर्दै तालीम, प्रशिक्षण सञ्चालन गर्ने गरी गठन आदेशमा व्यवस्था गरिएको सदस्य सचिव ढुङ्गेलले जानकारी दिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *