थप १४७९ जनामा कोरोना संक्रमण, २० को मृत्यु, १३१६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४७९ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६५२८५९ पुगेको छ ।

त्यस्तै पछिल्लो घण्टामा थप २० जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १३१६ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा ३०५ जना छन् भने आइसोलेसनमा २६५९० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *