USAID

सिमेओनले गरे एथ्लेटिकोसँग सम्झौता नवीकरण


एजेन्सी । एथ्लेटिको म्याड्रिडका मुख्य प्रशिक्षक डिएगो सिमेओनले क्लबसँग नयाँ सम्झौता गरेका छन् । सन् २०११ देखि एथ्लेटिकोको मुख्य प्रशिक्षकको जिम्मेवारी समालिरहेका सिमेओनले सम्झौतामा तीन वर्ष थप्दै २०२४ सम्म क्लबमा रहने भएका हुन् ।

अर्जेन्टिनी प्रशिक्षक सिमेओनले एथ्लेटिकोलाई गत मेमा रियल म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै ११ औं ला लिगाको उपाधि जिताएका थिए । यस्तै २०१४ मा पनि घरेलु लिगको उपाधि जितेका सिमेओनले दुई पटक युरोपा लिग र एकपटक कोपा डेल रेको उपाधि चुमिसकेका छन् ।

एथ्लेटिकोलाई सन् २०१४ र २०१६ मा च्याम्पियन्स लिगको फाइनल पुर्याएका सिमेओन दुवै पटक सहरी प्रतिद्वन्दी रियल म्याड्रिडसँग पराजित भएका थिए । एथ्लेटिकोबाट ८ उपाधि जितिसकेका सिमेओन क्लब इतिहासकै सफल प्रशिक्षक हुन् । क्लबबाट मुख्य प्रशिक्षकको रुपमा सार्वधिक खेल जित्ने कीर्तिमानपनि सिमेओनकै नाममा रहेको छ । उनले एथ्लेटिकोबाट ३ सय १६ खेल जितेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *