काठमाडाैँ । नायिका तथा निर्मात्री जेनी कुँवर आफू बस्दै आएको अपार्टमेन्टमा झन्डिएको अवस्थामा फेला परेकी छन् । थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी कुँवरको शव नजिकै सुसाइड नोटसमेत फेला परेको छ ।
प्रहरी वृत्त बानेश्वरका अनुसार आत्मा हत्याको कारण डिप्रेशन हुनसक्ने अनुमान गरिएको छ । सुसाइड नोटमा समेत डिप्रेसनमा रहेको उनले उल्लेख गरेकी छन् । उनी विगत केही समयदेखि पशुपतिनाथ मन्दिर परिसरमा साधुको भेषमा पनि बसिरहेकी थिइन् ।
केही समयअगाडि उनको पशुपतिनाथ परिसरमा नै विवाद भएपछि युट्युवमा भाइरल भएकी थिइन् । प्रहरीले कुँवरको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको छ ।
जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी थिईन् ।