USAID

इपिएलले पायो आइसीसीको स्वीकृति


प्रज्जवल थापा । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(इपिएल)ले अन्तराष्ट्रिय क्रिकेट परिषद्(आइसीसी)बाट स्वीकृति पाएको छ । बिहिबार इपिएलले प्रेस विज्ञप्ति जारि गर्दै आइसीसीबाट स्वीकृति पाएको जानकारी दिएको हो ।

टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिता सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म सञ्चालन हुनेछ । प्रतियोगिता आयोजनाको लागि नेपाल क्रिकेट संघ(क्यान)ले यसअघि नै स्वीकृति दिइसकेको छ।

गत चैतमै आयोजना हुनुपर्ने प्रतियोगीता विश्वभरि फैलिएको कोरोना भाइरस महामारीको कारण अनिश्चित कालको लागि स्थगित भएको थियो । प्रतियोगितामा विभिन्न विदेशी खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा साविक विजेता ललितपुर प्याट्रियट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्लाडियटार्स र विराटनगर वारियार्स गरी ६ टोलीले सहभागिता जनाउनेछन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *