USAID

एमाले कार्यदलको बैठक निष्कर्षविहीन


काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक विना निष्कर्ष टुंगिएको छ । यसअघि बिहीबार दिउँसो बसेको बैठक साँझ सहमतिमा पुग्ने निष्कर्षकासाथ टुंगिएको बताइएको थियो । तर साँझ बसेको बैठक पनि विना निष्कर्ष टुंगिएको हो ।

कार्यदल सदस्य घनश्याम भुसालले बैठकमा कुनै सहमति नभएको जानकारी दिए । भुसालले १० दिनदेखि वार्तामा खास प्रगति नभएको बताए । विभिन्न कारणले सहमति हुन नसकेको भन्दै उनले भोलि साढे ११ बजे पुनः बैठक बसेर सहमति जुटाउने प्रयास हुने जानकारी दिए ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *