USAID

थप १२१८ जनामा कोरोना संक्रमण, २९ को मृत्यु, १२८६ जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१८ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६५१३८० पुगेको छ ।

त्यस्तै पछिल्लो घण्टामा थप २९ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १२८६ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा ३०० जना छन् भने आइसोलेसनमा २६४४७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *