ओली-नेपाल वार्ता विनानिश्कर्ष सकियाे

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भएकाे वार्ता विनानिश्कर्ष टुङ्गिएकाे छ ।

दुबै नेताबीच एक्लाएक्लै भएकाे वार्ता सकारात्मक भएको आफूहरुलाई जानकारी प्राप्त भएकाे वार्तास्थलमा रहेका नेता सुरेन्द्र पाण्डेले बताए । अर्को बैठकमा पुनः सहमतिको प्रयास जारी राख्ने कुरा भएको पनि पाण्डेले जानकारी दिए ।

वार्तामा सहभागी अर्का नेता भीम रावलले पनि पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन दुवै नेता सकारात्मक भएको छ । उनले बिहीबार फेरि कार्यदलको बैठक बस्ने र त्यसपछि ओली र नेपालबीच पुनः वार्ता हुने जानकारी दिए ।

पार्टी विवाद समाधानका लागि गठित कार्यदल सहमति नजिक पुगेपछि ओली र नेपालले बुधबार साँझ वार्ता गरेका हुन् । उनीहरूबीच ५३ दिनपछि  साेही हाेटलमा पछिल्लाे पटक वार्ता भएकाे हाे ।

वार्तामा अध्यक्ष ओलीसहित ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल तथा वरिष्ठ नेता नेपालसँगै नेताहरु भीमबहादुर रावल र सुरेन्द्र पाण्डे सहभागी थिए ।

कार्यदल सहमति नजिक पुगेपछि दुई नेता वार्तामा जुटेका हुन् । यसअघि बुधबार दिउँसो बसेको कार्यदल बैठक सकारात्मक भएको भोलिसम्म सबै विषय टुंग्याउने तयारी भएको नेताहरुले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *