काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले निगमलाई सरकारी पूर्ण स्वामित्वमै राख्नुपर्ने आफ्नो धारणा रहेको बताएका छन् । निगमलाई कम्पनी मोडलमा लैजाने प्रस्ताव गरिएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका बेला बुधबार विज्ञप्ति जारी गरी महाप्रवन्धक पौडेलले आफू निमगम सरकारको पूर्ण स्वामित्वमै रहनुपर्ने पक्षमा भएको बताएका हुन् ।
निगम चरम आर्थिक संकटमा गुजिरहेको सन्दर्भमा सरकारी स्वामित्वमा रहेको निगमलाई सबल बनाउन आर्थिक सहायताको लागि अर्थ मन्त्रालयमा निगमले गरेको अनुरोधमा सरकारले बजेटमार्फत निगमको पुनःसंरचना गर्ने घोषणा गरेको उनले जनाएका छन् ।