राष्ट्रियसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवदेन पेश

काठमाडौं । राष्ट्रियसभाको बैठकमा ‘लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६÷०७७’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले बुधबार आयोगको प्रतिवेदन सभामा पेश गरेका हुन् ।

यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नेपाल हवाई सेवा प्राधिरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ र ‘नेपाल नागरिक उड्डयन प्राधिरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक असार २७ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *