USAID

इंग्ल्यान्डलाई डेनमार्कको चुनौती


प्रज्जवल थापा । युईएफए युरोकप अन्तर्गत आज हुने सेमिफाइनलको दोस्रो खेलमा डेनमार्कले इंग्ल्यान्डलाई आफ्नो चुनौती पेश गर्दैछ । वेम्बली रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलको विजेताले जुलाई ११ मा हुने फाइनल खेलमा इटालीको सामना गर्नेछ । प्रतियोगितामा अपराजित रहेको इंग्ल्यान्ड आजको खेलमापनि जित निकाल्दै फाइनल प्रवेश गर्न चाहन्छ । इंग्ल्यान्डले जारी प्रतियोगितामा गोल बेहोरेको छैन । समुहचरणको पहिलो खेलमा क्रोएसियालाई १-० गोलले हराउँदै प्रतियोगिताको शुरुवात गरेको इंग्ल्यान्डले दोस्रो खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरी खेल्दा चेक रिपब्लिकलाई १-० गोलले हराएको थियो । यस्तै अन्तिम १६ को खेलमा जर्मनीलाई २-० गोलले हराएको इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोलले पन्छ्याएको थियो ।

यता डेनमार्कको युरोकपको यात्रा भने अन्य टोलीको भन्दा फरक छ । समुहचरणको पहिलो दुई खेलमा पराजित हुँदै प्रतियोगिताको शुरुवात गरेको डेनमार्कले सेमिफाइनलको यात्रा तय गर्छ भनेर कमैले मात्र सोचेका थिए । पहिलो दुई खेलमा फिनल्यान्ड र बेल्जियमसँग पराजित भएको डेनमार्क रसियालाई ४-१ गोलले हराउँदै नकआउट चरणमा प्रवेश गर्‍यो । यस्तै अन्तिम १६ को खेलमा वेल्सलाई ४-० गोलले हराएको डेनमार्कले क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोलले स्त्बध पारेको थियो । त्यसैले डेनमार्क आजको खेलमापनि आफ्नो अप्रत्याशित यात्रालाई निरन्तरता दिँदै फाइनल पुग्ने दाउसहित मैदान उत्रिनेछ ।

हेड टु हेड
खेल :- २१
इंग्ल्यान्ड विजयी :- 12
डेनमार्क विजयी :- ४
बराबर :- ५


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *