आरबिबी म्युचुअल फण्ड-१ बिक्रीमा

काठमाडौं । आजदेखि राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबिबी म्युचुअल फण्ड–१ को बिक्री खुला भएको छ । यसको योजना व्यवस्थापक आरबिबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक हो ।

अङ्कित मूल्य १० रुपैयाँका दरका १० करोड इकाइ जारी गरिने छ । यसमध्ये एक करोड ५० लाख इकाइ वा कूल बिक्री भएको इकाइको सङ्ख्यामा १३ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकलाई र दुई प्रतिशत आरबिबी मर्चेन्ट बैंकिङलाई छुट्याइएको छ । बाँकी रहेको आठ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ ।

म्यचुअल फण्डको इकाइमा न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोड इकाइसम्म आवेदन दिन सकिने छ । निष्काशन तथा बिक्री छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते बन्द गरिने छ ।

यो योजना कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबिबी मर्चेन्ट बैकिङ लिमिटेड हुने गरी ‘आरबिबी म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो ।

यस योजनाको समयावधि सात वर्ष रहेको छ । कम्पनीले सात वर्षको अवधिमा लगानीकर्तालाई १६० प्रतिशतसम्मको प्रतिफल दिने जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सञ्चालन गर्न लागेको यो पहिलो सामूहिक लगानी कोष योजना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *