टोकियो ओलम्पिकमा सहभागी हुन जाने खेलाडीलाई प्रधानसेनापतिद्वारा शुभकामना

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले टोकियो ओलम्पिकमा सहभागी हुन जाने नेपाली सेनाका खेलाडीलाई शुभकामना दिएका छन् ।

बुधबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले टोकियो ओलम्पिकमा सहभागी हुन जाने नेपाली सेनाका खेलाडी सरस्वती चौधरी (१०० मि. स्प्रिन्ट) र कल्पना परियार (१० मिटर एयर राइफल) लाई बधाई तथा शुभकामना दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *