कारबाही फिर्ताको माग गर्दै पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्र अवैध भएकाले भंग गर्न माग गर्दै पूर्वमाओवादी नेताहरु निर्वाचन आयोगमा जाने भएका छन् । नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उजुरी दिन निर्वाचन आयोग जाने भएको हो ।

पूर्वमाओवादी टोलीले आजै निर्वाचन आयोगमा आफूहरुमाथिको कारबाही फिर्ताको माग गर्दै निवेदन दर्ता गर्न लागेको हो । त्यसैगरी केहीदिनभित्रै सर्वोच्च अदालतमा पनि रिट निवेदन दर्ता गर्न लागिएको नेता प्रभु साहले जानकारी दिए ।

पूर्वमाओवादी नेता साह, रायमाझी, भट्ट र चौधरी माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनीहरु दलबदल गरी नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी पार्टीले कारवाही गरेको थियो । माओवादीबाट कारबाही परेसँगै उनीहरुको सांसद पद खारेज भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *