भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन

प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ । सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो। हालैका महिनाहरूमा उनको स्वास्थ्यस्थिति पटकपटक बिग्रिएको थियो ।

उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान छैनन् । कुमारले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो ।

व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए । उनको जन्म सन् १९२२ को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा भएको थियो । हाल पाकिस्तानमा पर्ने पेसावरमा उनको जन्म हुँदा उनको नाम यूसूफ खान राखिएको थियो ।

आफ्ना केही मुस्लिम सहकर्मीहरूजस्तै उनले हिन्दी चलचित्र उद्योग प्रवेश गर्दा हिन्दू नाम दिलीप कुमार राखेका थिए । कुमारको जीवनी लेखेका लर्ड मेघनाथ देसाईले उनलाई प्रख्यात हलिउड अभिनेता मार्लन ब्रयान्डो वा इटलीका मार्चेल्लो मास्त्रोयान्नीसँग तुलना गरेका छन् । मेला, नयाँ दौर, गङ्गा जमुना, देवदास र मुगÞल ए आजÞम जस्ता सफल चलचित्रबाट उनले थुप्रै प्रशंसक कमाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *