USAID

असारमा चालु बजेट खर्च दोब्बर


काठमाडाैँ । विगत वर्षहरूमा जस्तै चालु आर्थिक वर्षको पछिल्लो महिना असारमा चालु खर्च अस्वाभाविक रुपमा बढेको छ ।  यो वर्ष असार १ मा चालु खर्च ७ खर्ब १ अर्ब रुपैयाँ पुगेकामा त्यसपछिका १९ दिनमै थप ७८ अर्ब रुपैयाँ खर्च भएको हो ।

असार १ सम्म औसत दैनिक चालु खर्च २ अर्ब १२ अर्ब रुपैयाँ भएको थियो । असार लागेपछिका १९ दिनमा भने औसत दैनिक खर्च ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यो झण्डै दोब्बर बढी हो ।

सरकारको लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्ष जेठका १९ दिनमा ३३ अर्ब रुपैयाँ मात्र चालु खर्च भएको थियो । यस्तै, वैशाखका १९ दिनमा ५६ अर्ब खर्च भएको थियो भने चैत र फागुनमा क्रमशः ३३ र ३१ अर्ब मात्र चालु खर्च भएको थियो । माघमा चालु खर्च ४० अर्ब रुपैयाँ थियो । गत आर्थिक वर्षको असारमा मात्र  चालु बजेट एक खर्ब १६ अर्ब रुपैयाँ खर्च भएको थियो  । असारको पछिल्लो खर्चलाई  हेर्दा चालु वर्ष पनि एकै महिना एक खर्बभन्दा बढी हुने देखिन्छ ।

चालु आवका अघिल्ला महिनामा भएको खर्चसँग तुलना गर्दा असारको खर्च अस्वाभाविक र मनपरी भएको छ । महालेखाका अनुसार असारको १९ दिनमा खर्च भएको कुल ७८ अर्ब रुपैयाँमध्ये पछिल्ला ५ दिनमा औसत ८ अर्ब रुपैयाँका दरले भइरहेको छ ।

कोभिड–१९ का कारण वैशाख १६  देखि मुलुक निषेधाज्ञामा छ । सरकारी कार्यालयमा अति आवश्यकबाहेक अन्य कर्मचारी गएका छैनन् । सबै कार्यालयहरू प्रायः बन्द जस्तै  भएका बेला धेरै खर्च हुनु नपर्ने हो । तर बन्दकै  महिनामा चालु खर्च घटनुपर्नेमा उल्लेखनीय रुपले बढेको छ ।

महालेखाका एक अधिकारीका अनुसार चालु खर्च अन्तिम महिनामा मात्र बढी हुनु भनेको मनपरी खर्च हो । केही कार्यालयले बिजुली, पानी, टेलिफोनलगायत  शीर्षकमा खर्चको बक्यौता अन्तिममा आएर तिर्ने प्रचलन छ । तर त्यसले मात्र एकै महिनामा खर्च दोब्बर हुँदैन ।

वर्षको ११ महिनासम्म औसतमा  ६३ अर्ब रुपैयाँ खर्च हुँदै आएकामा अन्तिम महिनामा त्यसको झण्डै दोब्बर हुने देखिएकोहो  । यो वर्ष असारको १९ दिनमा नै ७८ अर्ब रुपैयाँ खर्च भइसकेको छ । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, दसैं खर्च र लुगा भत्ता वितरण गर्ने महिनामा चालु खर्च केही बढ्छ । तर अरु महिनाको खर्चमा फराकिलो तथ्यांक आउनुको औचित्य देखिँदैन । याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *