USAID

कोपा अमेरिका सेमिफाइनल: अर्जेन्टिना र कोलम्बिया भिड्दै


प्रज्जवल थापा । कोपा अमेरिका अन्तर्गत भोली बिहान हुने सेमिफाइनलको दोस्रो खेलमा अर्जेन्टिना र कोलम्बिया भिड्दैछन् । बुधवार बिहान हुने खेल नेपाली समय अनुसार ६:४५ बजे शुरु हुनेछ ।

भोली हुने खेलको विजेताले जुलाई ११ मा हुने फाइनल खेलमा ब्राजिलको समाना गर्नेछ । ब्राजिलले पहिलो सेमिफाइनलमा पेरुलाई १-० गोलले हराउँदै फाइनल प्रवेश गरिसकेको छ । यता क्वाटरफाइनमा कप्तान लियोनल मेस्सीको शानदार प्रदर्शनको मद्दतमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । हालसम्म कोपाको उपाधि विहिन रहेका मेस्सीको लागि यस प्रतियोगिता महत्त्वपूर्ण रहेको छ । अर्जेन्टिना जारी प्रतियोगितामा अपराजित रहेको छ ।

उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको कोलम्बियापनि आजको खेलमा जित हात पार्दै फाइनल पुग्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । समुहचरणको एक खेलमा मात्र जित निकालेको कोलबिया तेस्रो स्थानमा रहेर नकआउट चरण प्रवेश गरेको थियो । अर्जेन्टिनाविरुद्वको पछिल्लो तीन खेलमा अपराजित रहेको कोलम्बिया भोली हुने खेलमापनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *