पेट्रोलियम पदार्थको पुनः मूल्य बृद्धि, ग्याँसमा पनि २५ रुपैयाँ बढाइयो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्य बृद्धि गरेको छ । असार १० गते पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी पुनः मूल्य बृद्धि गरेको हो ।

निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको छ । त्यस्तै निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *