फुटबल खेलमा सट्टेबाजी गरेको आरोपमा काठमाडौंबाट आठ जना पक्राउ

काठमाडौं । युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ ।

युरोपमा जारी युरोकप र दक्षिण अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा अनलाइनमार्फत बाजी राख्न लगाएको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं महानगरपालिका–१९ ढोकाटोलका ४७ वर्षीइ जीवन लामा, वीरगञ्ज महानगरपालिका–७ घर भई काठमाडौंको कुलेश्वर बस्ने ४६ वषीैय सुरज टिवडेवाल रहेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यसैगरी पक्राउ पर्नेमा भारत बिहारको रक्सौल घर भई काठमाडौंको कुलेश्वर बस्ने ४६ वर्षीय अशोककुमार गुप्ता, चितवनको खैरहनी नगरपालिका–५ टरौली घर भई काठमाडौंको धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, भारतको हरियाण घर भई काठमाडौंको इन्द्रचोक बस्ने ४९ वर्षीय राजेशकुमार अग्रवाल, भारत राजस्थान घर भई काठमाडौंको क्षेत्रपाटी बस्ने ३३ वर्षीय सुचित डालमिया अग्रवाल र विराटनगर महानरपालिका–७ घर भई काठमाडौंको मरुटोल बस्ने ४६ वर्षीय अमरनाथ गुप्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *