स्वीजरल्यान्ड र स्पेनबिचको खेल अतिरिक्त समयमा

प्रज्जवल थापा । युरोकप २०२० अन्तर्गत स्वीजरल्यान्ड र स्पेनबिच भइरहेको क्वाटरफाइनलको पहिलो खेल अतिरिक्त समयमा धकेलिएको छ । सेन्ट पिटरबर्ग रंगशालामा जारी खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको हो ।

पहिलो हाफको आठौं मिनेटमा डेनिस जाकिराले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि स्पेनले खेलमा अग्रता लिएको थियो । कोकेको कर्नर क्रसमा जोर्डि अल्बाको भली प्रहार जाकिरालाई लाग्दै गोल हुन पुगेको हो । ६८ औं मिनेटमा फ्रेउलेरको पासमा जेर्दान शाकिरीले गोल गर्दै स्वीजरल्यान्डलाई बराबरीमा ल्याए । यस्तै ७७ औं मिनेटमा स्वीजरल्यान्ड १० खेलाडीमा समेटियो । फ्रेउलेरले मोरेनोमाथि खराब ट्याकल गरेपछि रेफ्री माइकल ओलिभरले उनलाई सिधै रातो कार्ड दिएका थिए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको हो । अब खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिनेछ । अतिरिक्त समयमा विजेताको टुंगो नलागेको खण्डमा खेल पेनाल्टी सुटआउटमा जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *