क्यानडा पठाईदिन्छु भनि रकम ठगी गर्ने पाँचखालका प्रजिन अधिकारी पक्राउ

काठमाडौं । क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको पाँचखाल घर भई काठमाडौं बस्ने वर्ष २१ को प्रजिन अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीले सर्लाहीकी यमुना बस्नेतलाई वर्किङ भिषामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी १७ लाख रुपैयाँ लिई  फरार भएको प्रहरीले जनाएको छ ।

अधिकारीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भनी करिब एक करोड पचास लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको बुझिन आएकोले उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *