बैतडीको शिवपूर्ण आधारभूत विद्यालय प्रदेशकै तेस्रो तीनतारे घोषण

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–५ मा रहेको शिवपूर्ण आधारभूत विद्यालय लामाखालीलाई सुदूरपश्चिमको तेस्रो तथा जिल्लाकै पहिलो तीनतारे विद्यालय सुनिश्चितता घोषणा गरिएकोे छ । खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धीका मापदण्डहरु पूरा गरेपछि उक्त विद्यालयलाई तीनतारे विद्यालय सुनिश्चितता घोषणा गरिएको हो ।

शिवनाथ गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना बैतडीको सहयोगमा विद्यालयलाई तीनतारे विद्यालय सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिइन् ।  खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धीका १० ओटा सूचक पूरा गेरर विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको हो ।

शिवपूर्ण विद्यालयले स्वच्छ पिउने पानीसहित पर्याप्त पानीको व्यवस्था, विद्यार्थी सङख्याअनुसार सफा, सुरक्षित स्थानमा बालबालिका लैङ्गिक अपाङ्गता, वातावरणमैत्री शौचालय, वातावरणीय सरसफाइ, हरियाली वातावरण र स्वच्छता सुविधा, फूलबारी, महिनावारी स्वच्छता व्यवस्थापन, सफा स्वच्छ र खाद्य पदार्थसहितको भान्छाघर, विपद् जोखिम व्यवस्थापन, प्रवद्र्धन र दिगोपनका लागि संस्थागत व्यवस्थालगायतका विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धीका मापदण्ड पूरा गरेपछि तीनतारे विद्यालय सुनिश्चितता घोषणा भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना शिवनाथ गाउँपालिकाका जलस्रोत अधिकृत हर्षराज भट्टले जानकारी दिए ।

शिवपूर्णले विद्यालय खानेपानी तथा सरसफाइ स्वच्छता कार्यविधि, ७४ को दोस्रो संसोधन ७६ अनुसारका १० वटै मापदण्ड पूरा गरेर उत्तम स्थान हासिल गरेकाले तीनतारे विद्यालय घोषणा गरिएको जनाइएको छ । शिवनाथ गाउँपालिका यसअघि स्थानीय पाठ्यक्रम तयार गर्ने जिल्लाकै पहिलो स्थानीय तहसमेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *