राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसहित परमादेश जारी हुने बताएका छन् ।
शनिबार सप्तरीको राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले सर्वोच्चबाट संसद् पुनःस्थापना र देउवालाई प्रधानमन्त्रीको घोषणासहित परमादेश जारी हुने बताएका हुन् ।
उनले राजा त्रिभुवनले संसद् बन्नै नदिने, ०१७ सालमा राजा महेन्द्रले संसद् भंग गर्ने, ज्ञानेन्द्रले पनि संसद्माथि नै प्रहार गर्दै निरकुंश बनेजस्तै त्यसको पछिल्लो संस्करणको रुपमा अहिले प्रधानमन्त्री ओली संसद्माथि प्रहार गर्दै स्वेच्छाचारी र निरकुंश बनिरहेको आरोप लगाए ।
एकैजना प्रधानमन्त्रीले एउटै संसद्लाई दुईपटक भंग गरेको उदाहरण संसारमै नरहेको भन्दै अध्यक्ष यादवले सार्वभौम संसद्लाई समाप्त गरी ओली निरकुंश बन्न खोजेको आरोप लगाए ।