कोपा अमेरिका: उरुग्वे र पाराग्वे क्वाटरफाइनलमा

प्रज्जवल थापा । कोपा अमेरिका फूटबलमा उरुग्वे र पाराग्वेले आ-आफ्नो खेलमा जित हात पार्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । शुक्रबार बिहान भएको पहिलो खेलमा उरुग्वेले बोलिभियालाई २-० गोलले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

एरिना पान्टानालमा भएको खेलमा उरुग्वेलाई जित दिलाउन एडिन्सन काभानीले एक गोल गर्दा अर्को गोल उपहार पाएको हो । खेलको ४० औं मिनेटमा कार्लोस लाम्पेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि उरुग्वे खेलमा अगाडि बढेको थियो । यस्तै ७९ औं मिनेटमा टोरेसको पासमा काभानीले गोल गर्दै उरुग्वेलाई २-० गोलको जित दिलाए ।

जितसँगै उरुग्वे ३ खेलबाट ४ अङ्क जोड्दै नकआउट चरणमा प्रवेश गरेको छ । हाल उरुग्वे समूहको चौथो स्थानमा रहेको छ । पराजित बोलिभियाले ३ खेलबाट अङ्कको खाता खोल्न सकेको छैन ।

आजै भएको समूहको अर्को खेलमा पाराग्वेले चिलीलाई २-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । पाराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले समान एक/एक गोल गरे । जितसँगै पाराग्वे ३ खेलबाट ६ अङ्क जोड्दै समूहको दोस्रो स्थानमा उक्लिएको छ । पराजित चिली ४ खेलबाट ५ अङ्क जोड्दै तेस्रो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *