मन्त्रीहरुको कार्यविभाजन हेरफेर, विष्णु पौडेललाई गृहको जिम्मेवारी

काठमाडौं । सर्वोच्च अदालतको आदेशले २० जना मन्त्री पदमुक्त भएपछि बाँकी रहेका मन्त्रीको कार्यविभाजन गरिएको छ । नयाँ कार्यविभाजनअनुसार अर्थमन्त्री रहेका विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी दिइएको छ ।

उनले गृह र अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् । मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी दिइएको छ ।

वसन्तकुमार नेम्वाङ कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, र सहरी विकास मन्त्री बनेका छन् । लिलानाथ श्रेष्ठ कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *