थप १५७७ जनामा कोरोना संक्रमण, २४ को मृत्यु, २५१८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५७७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२९४३१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २५१८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९१८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *