सार्वधिक अन्तराष्ट्रिय गोलको कीर्तिमानमा रोनाल्डोको बराबरी

प्रज्जवल थापा । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले इरानका अली दाइको नाममा रहेको सार्वधिक अन्तराष्ट्रिय गोलको कीर्तिमानसँग बराबरी गरेका छन् । बुधवार राति फ्रान्सविरुद्वको खेलमा दुई गोल गर्दै रोनाल्डोले दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

३६ वर्षिय रोनाल्डोेले जारी युरोकपमा कीर्तिमानको वर्षा गरेका छन् । रोनाल्डो युरोकपको पाँच संस्करण खेल्ने र पाँचै संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनिसकेका छन् । यस्तै उनले समूहचरणको पहिलो खेलमा हंगेरीविरुद्ध २ गोल गर्दै फ्रान्सका मिचेल प्लाटिनीको नाममा रहेको युरोकपको सार्वधिक गोलकर्ताको(९ गोल) कीर्तिमानपनि भंग गरेका थिए । हाल रोनाल्डोले प्रतियोगितामा आफ्नो गोलसंङ्ख्या १४ पुर्याएका छन् । समूह चरणको समाप्तिमा रोनाल्डो १६ वटा कीर्तिमान टोडिसकेका छन् ।

फ्रान्सविरुद्व खेल्नु अघि रोनाल्डोको नाममा १ सय ७७ खेलमा १ सय ७ गोल रहेको थियो । तर उनले खेलको ३१ औं र ६० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै आफ्नो गोल संङ्ख्या १ सय ९ पुर्याए । रोनाल्डोले जारी प्रतियोगिता ५ गोल गरिसकेका छन् । अली दाइले १ सय ४९ खेलमा १ सय ९ गोल गरेका थिए । उक्त कीर्तिमान तोड्न रोनाल्डोले दाइले भन्दा २९ खेल बढी खेलेका हुन् ।

सन् २००३ मा राष्ट्रिय टोलीको लागि डेब्यु गरेका रोनाल्डोले पोर्चुगललाई २०१६ मा युरोकपको उपाधि दिलाएका थिए । यस्तै रोनाल्डोकै कप्तानीमा पोर्चुगलले २०१९ मा युईएफए नेसन्स कपपनि उचालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *