वीरगंज । वीरगंजमा नेपाली सेनाका एक जवानले आफैंमाथि गोली हानेका छन् । आइतबार राति ड्युटीमै रहेका चण्डीप्रसाद गणका २२ वर्षीय श्यामबाबुप्रसाद चौहानले गोली प्रहार गरेका हुन् । उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
गोली चिउँडोमुनबाट लागेर आँखामुनिबाट निस्किएको बताइएको छ । उनलाई तत्काल उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा लगिएको र त्यहाँबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजमा रिफर गरिएको थियो ।
घाइते चौहानको गम्भीर अवस्थामा नेशनल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनले आत्महत्याको प्रयास गरेका हुन् कि भन्ने विषयमा अनुसन्धान गरिने सेनाले जनाएको छ ।
